Logo

१९ फागुन,वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा गाउँपालिकामा बाघको आक्रमणबाट एकजना वृद्ध घाइते भएका छन् ।

गाउँपालिकाको वडा नंं. २ रंगपुर बजारस्थित बंकुल टोलाका ६५ वर्षीय रामेश्वर राउत कुराँउ घाइते भएका हुन् । उनलाई आज बिहान खेत हेर्न गएको समयमा बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीले जनाए ।

बाघको आक्रमणबाट रामेश्वरको छाती, घुँडा लगाएत शरिरको विभिन्न अंगहरुमा चोट लागेको प्रहरी निरिक्षक केसरीले बताए ।

घाइतेको अवस्था मध्यम रहेको र उनलाई उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार