Logo

१९ फागुन, पर्सागढि । पछिल्लो समय ग्रामीण भेगमा राष्ट्रिय वन आसपास बसोबास  गर्ने स्थानीय जंगली बाघको आतंकबाट त्रसित छन् ।दुइ महिनादेखि दिनदहाडै बाघ बस्ती पस्न थालेपछि स्थानीय त्रसित बनेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाको पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकासँग सिमा जोडिएको राष्ट्रिय वन र केही वडामा बाघ दिनदहाडै बस्ती पसिरहेको छ ।
स्थानीय प्रहरीका अनुसार मानवबस्ती तथा नीजि तथा फुलबारीहरुमा बिगत दुई महिनादेखि बाघको आतंकले स्थानीय सास्ती मात्रै खेपिरहेका छैनन्, राष्ट्रिय वनबाट आएको बाघ बस्ती पसेर मानवीय तथा पशुचौपायाहरुलाई क्षती पु¥याउँदा स्थानीय भयभित भएका छन् ।

यसरी जंगली जनवार दिनदहाडै बस्ती पसेर जनधनको क्षती पु¥याएको कैयौँ उदाहरणहरु देख्न सकिन्छ ।

उदाहरण –१
पटेर्वासुगौली गाउँपालिका वडा नं. २ लक्ष्मीपुर गाउँमा बिहिबार साँझ रङ्गपुर बजार जान लागेका २३ वर्षका सरोजप्रसाद अधिकारीलाई बाघले आक्रमण ग¥यो । बाघको आक्रमणबाट उनको टाउँको, हात तथा शरीरका विभिन्न अंगहरुमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनलाई गाँउले, वनकर्मी तथा नेपाल प्रहरीले उद्दार गरि उपचारका लागि तत्काल वीरगञ्जको नारायणी अस्पताल पु¥याएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरी बताँउछन् ।

उदाहरण – २
पटेर्वासुगौलीकै वडा नम्बर २ थरकटि गाउँ निवासी ३२ वर्षका मनोज महतो उराँव समेतलाई गत पुष ८ गते साँझ गाउँ नजिकै बाघले आक्रमण गर्दा उनको ज्यान गयो । उनलाई रातको समयमा शौच गर्न गएको समयमा बाघले झम्टिएको थियो ।

रातभरि बेपत्ता बनेका उनको अवस्थाबारे बिहानपख मात्र स्थानीयबासी र प्रहरीले खबर पाए । नेपाल प्रहरी र गाउँलेले जङ्गलदेखि ५० मिटर टाढा बाघले क्षतविक्षत अवस्थामा फेला पारेको थियो । मारेको अवस्थामा शरीरको केही भाग मात्र फेला परेको थियो ।

यी त केहि उदाहरणहरु मात्र हुन्, ती बस्तीहरुमा केहि वर्षदेखि जगंली जनावरहरुले साहै दुख दिने गरेको स्थानीयको गुनासो छ । तैपनि सम्बन्धित निकाय बेखबर झै बसेको छ ।
विभिन्न समयहरुमा बाघ र हात्तीका कारण मावनिय, पश्ुचौपाया तथा अन्नवालीहरुमा समेत क्षती पु¥याउँदा बस्नै कठिनाई भएको कुमार बस्नेतको भनाइ छ । उक्त बस्तीका नागरिक त्रासमा बसेको र घरबाट निस्कनसमेत समस्या हुने गरेको उनको भनाइ छ ।

किन रोकथाम भइरहेको छैन ?

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त साह जंगली जनावरको आतंक सम्बन्धि जानकारी पाएको स्विकारे ।

आफूसँग बाघ व्यवस्थापनको उचित टोली नभएकोले समस्या निरन्तर बढेको उनको भनाइ छ । तर यो समस्या समाधानबारे आफुले सम्बन्धित निकायमा पत्राचार गरेको जनाए ।
उनी भन्छन्, ‘बाघको उद्दार गर्ने स्पेसल टोली चितवन राष्ट्रिय निकुञ्जमा छन्, त्यहीबाट टोली माग गरेको छु । टोली आइसकेपछि बाघको उचित ब्यवस्थापन तथा उद्दार हुनेछ ।’

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले मानव बस्ती बाघ पसेर क्षती पु¥याउनु भनेको गम्भीर विषय रहेको बताए । तर समस्याको समाधान खोज्ने कार्य भइरहेको उनको भनाइ छ ।


सम्बन्धित समाचार