Logo

२० फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । चेक अनादरको बिगो मुद्दामा शिर्षकमा सजाय भई फरार भएका एकजना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका वडा नं. ४ सानो लौतन बस्ने ३५ वर्षका राजेश प्रसाद साह तेलीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

पक्राउ परेका तेलीलाई लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उनीमाथि बारा जिल्ला अदालतले १ वर्ष कैद सजाय सुनाएको छ ।


सम्बन्धित समाचार