Logo

२१ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने तयारी गरेका छन् । सत्ता गठबन्धन टुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सबै मन्त्री हटाउने तयारी गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिएको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक÷एक जना मन्त्री बन्दैछन् ।

 


सम्बन्धित समाचार