Logo

२२ फागुन,काठमाडौँ। नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधिका लागि नेदरल्यान्ड्स र नेपाल भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको हो । स्कट एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्स पहिले फिल्डिङमा उत्रदैछ ।

नेपाल घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने लक्ष्यमा छ । नेदरल्यान्ड्सपनि नेपाल भ्रमणलाई उपाधिसहित सुखद बनाउने तयारीमा छ ।

नेपालले चार खेलको सिरिजमा चार अङ्क जोड्दै फाइनलमा स्थान बनाएको हो । यता नेदरल्यान्ड्सले चार खेलबाट पाँच अङ्क जोड्दै शीर्ष टोलीको रुपमा उपाधि भिडन्त पक्का गरेको थियो । तीन अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा रहँदै बाहिरिएको थियो ।

सिरिजका नेपाल पहिलो नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । त्यसपछि नेपालले तेस्रो खेलमा नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल–११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

 


सम्बन्धित समाचार