Logo

२२ फागुन,वीरगञ्ज । पर्साबाट प्रहरीले ४८ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामानसहितको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं. १४ गण्डक चोकस्थित सडकखण्डबाट मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल बिजक भन्दा बढी हार्डवेयर सामान लोड रहेको ट्रक काठमाण्डौतर्फ जाँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा ना ८ ख ६१७१ नम्बरको ट्रक बरामद गरेको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

ट्रकमा लोड रहेका सामानको बिल शंकास्पद देखिएकाले नियन्त्रणमा लिएको उनले बताए ।

बरामद सामानको मूल्यांकन ४८ लाख ८७ हजार ५ रुपैँया कायम गरि कावश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार