![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/rrrrrr.jpg?fit=1200%2C668&ssl=1)
२२ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् ।
अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।
केन्द्रमा समीकरण बदलिएको अवस्थामा सत्तामा बसिरहनुको औचित्य नभएकोले राजीनामा दिएको निवर्तमान पर्यटन, वन तथा वातावरणमन्त्री बीसीले बताए ।