Logo

२२ फागुन,काठमाडौँ । घरेलु मैदानमा नेपाललाई स्तब्ध पार्दै त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि नेदरल्याण्ड्स जितेको छ।

आज भएको फाइनल खेलमा नेपाललाई चार विकेटले हराउँदै नेदरल्याण्ड्सले उपाधि उचालेको हो। जितका लागि नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेटायो।

नेदरल्याण्ड्सको जितमा माइकल लभिटले ५४ तथा साइब्राण्ड एङ्गलब्रेजले ४८ रनको योगदान गरे। विक्रमजित सिंहले २९ तथा अर्का ओपनर म्याक्स ओ डाउटले २२ रन जोडे। बलिङतर्फ कुशल मल्लले सर्वाधिक ४ विकेट लिए।

अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट हात पारे। त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे। गुल्सन झाले ३४, कुशल मल्लले २६ तथा कप्तान रोहित पौडेलले २५ रनको योगदान गरे।

 


सम्बन्धित समाचार