Logo

२२ फागुन,वीरगञ्ज । पर्सामा आजदेखि वीरगञ्ज सुपर लिग सिजन २ सुरु भएको छ । नारायणी स्टेडियममा सुरु भएको प्रतियोगिताको उद्धघाटन मेयर राजेशमान सिंहले गरेका थिए । आज भएको उद्धघाटन खेलमा पर्सा राइडर्सले बिजयी सुरुवात गरेको छ ।

पर्सा राइडर्सले पर्सा युनाइटेडलाई ३६ रनले हराउँदै बिजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गरेको पर्सा राइडर्सले २० ओभरमा ७ विकेट गुमाएर एकसय ५७ रन बनाएको थियो । उसका लागि समसाद अन्सारीले सर्वाधिक ५३ रन बनाए ।

मन्थन यादवले २७ रन जोडे । बलिङमा अरमान शेखले २ र सोहेल मिँयाले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको पर्सा युनाइटेड २० ओभरमा ८ विकेटको क्षतीमा एकसय २१ रनमै अलआउट भयो । उसका लागि अलियास मन्सुरीले २२ र सोहेल हवारीले २१ रनको योग दिए । बलिङतर्फ नितेश गुप्ताले ३ विकेट लिएका थिए । भने समसाद अन्सारीले २ विकेट लिए ।

उद्धघाटन खेलमा समसाद अन्सारी म्यान अफ दि म्याच घोषित भएका थिए । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

पर्सा युनाइटेड, पर्सा राइडर्स, पर्सा स्टार, पर्सा वारियर्स, पर्सा राइनोज र पर्सा टाइटन्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

 


सम्बन्धित समाचार