Logo

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छुट्टाछुट्टै भेटगरेका छन् । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भएको छलफलमा नयाँ बनेको गठवन्धनमा सहभागी हुने बिषयमा छलफल भएको हो । आज बस्ने एकीकृत समाजवादीको बैठकले गठवन्धनमा जाने निर्णय गर्ने बताइएको छ ।

यता नयाँ सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डा गर्न बाँकी रहेका बेला गृह मन्त्रालयमा दाबी गरेका रास्वपा सभापति र प्रधानमन्त्री प्रचण्डबीच केही बेरअघि देखि छलफल भएको थियो ।

गृह मन्त्रालय पाए मात्र आफूले नेतृत्व गर्ने जानकारी लामिछानेले प्रधानमन्त्रीलाई गराएको स्रोतले जनाएको छ । सरकारमा सहभागी हुने दलहरुको टुंगो लगेपछि मन्त्रालयको छिनोफानो आज साँझ सम्म लगाउनु पर्ने भएकोले लामिछानेसँग छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि एमाले नेतृत्वकै गठबन्धन हुँदा गृहमन्त्री बनिसकेका रवि नागरिकता प्रकरणका कारण पदबाट हट्नुपरेको थियो।


सम्बन्धित समाचार