Logo

२३ फागुन, काठमाडौं । सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले नयाँ बन्न लागेको गठबन्धन भत्काउने उदेश्यले राजनीतिक दाउँपेचमा लगेको छ । हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको कांग्रेसले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर नयाँ सत्ता गठबन्धनमा नजान आग्रह गर्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै नयाँ सत्ता समिकरणमा नलाग्न आग्रह गर्ने सभापति बताइएको छ । देउवा अहिले कोटेश्वरमा अध्यक्ष नेपालको घरमा पुगेर छलफल गरिरहेको नेपालको निजी सचिवालयले जनाएको छ ।

राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए ।


सम्बन्धित समाचार