Logo

२३ फागुन,वीरगञ्ज । पर्सा प्रहरीले २५ लाख मूल्य बराबरको कपडा तथा शंकास्पद वस्तु बरामद गरेको छ । पर्सा प्रहरीको परवानीपुरबाट खटिएको प्रहरी टोलीले बिल विजक भन्दा बढी लोड रहेको कपडा तथा खुद्रा सामान बरामद गरेको जनाएको छ ।

जिल्लाको परवानीपुरबाट राजविराजतर्फ जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।
उनका अनुसार राजस्व छली गरी मालवाहक ट्रक राजविराजतर्फ जाँदै गरेको प्राप्त सूचनाबमोजिम बरामद गरिएको हो ।

बरामद ट्रकबाट प्रहरीले २५ लाख ८८ हजार ९५७ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ । अनलाइन भिसिटिएस बिलमा लेखिएको भन्दा बढी सामान ट्रकमा लोड भएको पाइएपछि पक्राउ गरिएको पर्सा प्रहरीको दाबी छ ।
पक्राउ परेको कपडा तथा खुद्रा सामानसहित ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार