Logo

२४ फागुन,काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गर्ने भएका छन्।

बिहीबार बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो। केहीबेरमा सुरू हुने बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तयारी छ।

यस्तै दलका नेताहरूले पनि प्रतिनिधि सभा बैठकमा बोल्ने कार्यक्रम रहेको छ।

गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए। नयाँ सत्ता गठबन्धन दलहरूबाट २० सदस्यीय मन्त्रिपरिषद बुधबार गठन भई मन्त्रीहरूले शपथ लिएर कार्यभारसमेत सम्हालिसकेका छन्।

यसैबीच मन्त्रिपरिषद बैठक आज बिहान बसेको छ। उक्त बैठकमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेको जानकारी गराएको एक मन्त्रीले बताए।


सम्बन्धित समाचार