![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/MAhesh_bartaula.webp?fit=1024%2C768&ssl=1)
२४ फागुन,काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरू परिवर्तन भएपनि भूमिका र जबाफदेहिता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा आसनहरू परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जबाफदेहिता हाम्रो फेरिएको छैन् । जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन् । त्यस कारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ ।
विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ । यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन् । जनताको हितमा काम गर्ने सामर्थ्य राख्नुपर्छ ।’