Logo

२५ फागुन,वीरगञ्ज । बसभित्र नसालु पदार्थ खुवाइ पैसा चोरी गर्ने एक जना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बसभित्र एक यात्रुलाई मिठाइ र विस्कुट खुवाइ बेहोस पारेर चोरी गर्ने एकजना भारतीयलाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीले भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना मछरगाव निवासी अखिलेश कुमार साहलाई पक्राउ गरेको हो ।
बारा कोतवाल गाउँपालिका वडा नम्बर ८ निवासी उपेन्द्र मुखियालाई बेहोस पारेर लुट्ने भारतीय साहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

पक्राउ परेका साहले नारायणघाट बीरगन्जतर्फ आउँदै गरेको बसमा  मिठाइ र बिस्कुट खुवाइ बेहोस पारेर पैसा लुटेको प्रहरी प्रवक्ता थापा बताउँछन् ।
प्रहरीका अनुसार साहले बस यात्रु मुखियासंगको रहेको ४१ हजार ५ सय रुपैयाँ र एक थान मोबाइल लुटेको थिए ।

पीडितले जानकारी गराउन साथ खोजतलास गर्दै जाँदा बीरगन्ज १६ भानुचोकबाट भारतीय साहलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनायो ।
प्रहरीका अनुसार उनको साथबाट लुटिएका पैसामध्ये ३७ हजार ४१० रुपैयाँ र मोबाइल फोन बरामद भएको छ । पक्राउ परेका साहलाई चोरी सम्बन्धी कसुर मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बतायो ।

 


सम्बन्धित समाचार