Logo

२५ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले मिटरब्याज सम्बन्धि आठसय ८३ वटा मुद्दामा मिलापत्र गराएको छ । सो क्रममा मिटरब्याजी साहु कहाँ रहेको ८९ कित्ता जमिन फिर्ता गराएको बारा प्रहरीले जनाएको छ ।

यसरी फिर्ताको जमिन मात्रै २३ विगाह ७ कठ्ठा ७ धुर रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरीमा उल्लेखित माग भएको रकम २६ करोड १५ लाख ८२ हजार ७८२ मध्ये १६ करोड ६६ लाख ६० हजार ४११ रुपैंयाको मिलापत्र भएको छ ।

मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि २०८० बैशाष १७ गते देखी जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्तागरी दुबैपक्षका कुरा सुनुवाई हुँदै आएको थियो । दुबै पक्षलाई उपस्थीत गराई सत्यतथ्य बुझी सहजीकरण गरी समस्या सुनुवाईका क्रममा ८८३ वटा मुद्दामा मिलापत्र एवं सहमती भएको डिएसपी न्यौपानको भनाइ छ ।

बारामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ३ हजार ३ सय २२ उजुरी दर्ता भएका प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार