Logo

२६ फागुन,काठमाडौं। नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ गठबन्धनसहितको सरकार बनेसँगै जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्। उनले सोमबारकै बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसको विषयमा पनि आज छलफल हुने बताइएको छ।

नयाँ सरकार गठन भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिइसक्नु पर्ने प्रावधान अनुसार अहिले दाहालले त्यसको लागि आन्तरिक छलफल गरिरहेका छन् । उनले विश्वासको मत लिने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिरहेका छन्।

एमालेले नयाँ गठबन्धन बनेपछिको राजनीतिक परिस्थितिबारे शुक्रबारको सचिवालय बैठकमा छलफल गर्दै नयाँ गठबन्धनको सरकारलाई साथ दिन अरु दललाई पनि आह्वान गरेको छ ।

दाहालले विश्वासको मत लिन प्रदेश सरकारको लागि निर्णायक शक्ति मानिएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको विश्वासमा लिन खोजिरहेका छन् ।


सम्बन्धित समाचार