Logo

२८ फागुन,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार सूचना जारी गर्दै प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन गरेका हुन्।

लेखकले सांसदहरुलाई भनेका छन्, ‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिएको छ।’
प्रधानमन्त्रीले गठबन्धन फेरेपछि फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् ।

कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए। गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दलको भूमिकामा छ।

 

 

 


सम्बन्धित समाचार