![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/janmorch.jpg?fit=1200%2C668&ssl=1)
२९ फागुन,काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ ।
राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकका अध्यक्ष पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल र नेपाली कांगेसका तर्फबाट युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।