Logo

२९ फागुन,वीरगञ्ज । अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब परवानीपुरले जनाएको हो ।

मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहल आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा बाग्मती र मधेस प्रदेश अन्तर्गतका ८ वटा टिम सहभागी हुने जनाएको छ ।

करिब १७ लाखको लगानीमा हुन लागेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार फुटबल प्रतियोगिताको लागी विभिन्न संस्थाहरु सहयोग गर्न तयार भएको र आयोजक क्लबका सदस्यहरुले पनि सहयोग गरिरहेको बताए ।

प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए ।

त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

आयोजक क्लबका अध्यक्ष राजमहम्द मियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक क्लबका सचीव ध्रुव प्रसाद साह , कोषाध्यक्ष सोनालाल मण्डल , आयोजक क्लबका टिम म्यानेजर संजय मण्डल , आयोजक क्लबका सदस्यहरु रवि राजा राम , रामप्रवेश कुशवाहा लगायतकाको सहभागीता रहेको थियो ।

पत्रकार सम्मेलनको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तथा प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले गरेका थिए ।


सम्बन्धित समाचार