Logo

३० फागुन,काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको फाइनल खेलमा नेपालले टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्।

उपाधिका लागि बुधबार नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुँदैछ। आजै बिहान हङकङ र हङकङको ‘ए’ टोलीबीच तेस्रो स्थानका लागि खेल भइरहेको छ।

मंगलबार नेपालले पीएनजीलाई र पीएनजीले हङकङलाई पराजित गर्दै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका थिए। नेपालले पीएनजीलाई ८२ रनले हराएको थियो भने पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले जितेको थियो।
नेपालका ब्याटर कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपाललाई पीएनजीमाथि सहज जित हासिल गरेको थियो। भुर्तेलले ब्याटिङतर्फ ५९ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट लिएका थिए। यस्तै सन्दीप जोराले विष्फोटक अर्धसतक बनाएका थिए।


सम्बन्धित समाचार