Logo

३० फागुन,काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो।

पपुवा न्युगिनीको तर्फबाट टोनी उराले ६१ रनको योगदान दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरे।
यस्तै अलेई नाओले अविजित रहँदै ३० रन बनाए। हिला भारेले १८, हिरा हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपरले १३ रनको योगदान दिए।
अलराउण्डर कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए। उनले अघिल्लो खेलमा पनि पपुवा न्युगिनीको ४ विकेट लिएका थिए।

नेपालका आकाश चन्दले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए भने करन केसी र गुलसन झाले १÷१ जनालाई आउट गरे।


सम्बन्धित समाचार