Logo

३० फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा आज भन्सार छलीका कपडा बरामद गरेको छ ।

भारतबाट भन्सार छली ल्याउँदै गरेको कुर्ता, सुरुवालसहितका लत्ताकपडा बीरगन्ज महानगरको वडा नम्बर ७ बाट बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले ८ लाख ३९ हजार बराबरको कपडा बरामद गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

उनका अनुसार चोरी पैठारी गरी बीरगञ्जको घण्टाघरतर्फ ल्याउँदै गरेको अवस्थामा सबै लत्ताकपडा बरामद गरिएको हो ।प्रहरीले होलीको टप्स २ हजार ३० पीस, टप्स २६४ पीस र कुर्ता सुरुवाल २३० पीस बरामद गरेको जनाएको छ ।

बरामद गरिएको सबै लत्ताकपडा आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालय बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार