Logo

३० फागुन,वीरगञ्ज । फरार प्रतिवादीलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराबाट जालसाजी मुद्दामा ६ हजार २५० रुपैँया जरिवाना भई फरार भएका एकजनालाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं. ७ बेनौली घर भई हाल कलैया उपमहानगरपालिका– १ मोतिबाग बस्ने ५० बिजुली प्रसाद साह रहेका छन् ।

पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बारामा बुझाइएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार