Logo

३० फागुन,वीरगञ्ज । बाराको जीतपुरसिमराबाट लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ अमलेखगञ्जस्थित जंगल एरियाबाट लागुऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिमरा, बारा र पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्र्तगत रहेको डम्बरपुर पोष्टबाट खटिएको नेपाली सेना (सबुज गण) को संयुक्त गस्ती टोलीले एकजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–८ बस्ने ५४ वर्षीय बासुदेव महतोलाई ११ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको डिएसपी दधिराम न्यौपानेले जनाए ।

पैदल हिडिँरहेका उनलाई शंका लागेर जाँच गर्दा बोराभित्र लुकाइछिपाई राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकालाई लागुऔषध मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।

 


सम्बन्धित समाचार