Logo

१ चैत,वीरगञ्ज । बारा जिल्लामा एक वर्षको अवधिमा ६३ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएको तथ्याङक बाहिरिएको छ । गत वर्ष २०७९/०८० को एकवर्षको जिल्लाको १६ पालिकाबाट ६३ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका तथ्याङक बाहिरिएको हो ।

जिल्लामा गतवर्षको साउनदेखि असारसम्मको अवधिमा उक्त सङख्यामा कुष्ठरोगीका बिरामी फेला परेको द लिप्रोसी मिसन नेपालले जनाएको छ । द लिप्रोसी मिसन नेपाल’ ले सिमरामा आयोजना गरेको कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो ।

जिल्लाको पचरौता नगरपालिकामा ९ जना, कलैया उपमहानगर र कोल्हवी नगरपालिकामा ८÷८ जना, आदर्शकोतवाल गाउँपालिकामा ६ जना, जीतपुर सिमरामा ५ जना बिरामी फेला परेका हुन् ।
जिल्लाका अन्य पालिकामा भने नयाँ कुष्ठरोगीका सङख्या ५ जना भन्दा कम छ । द लिप्रोसी मिसनका अनुसार यो तथ्यांक मधेस प्रदेशका आठै जिल्लामध्ये चौथो स्थानमा पर्छ ।

यो प्रति १० हजारमा १ दशमलव ४६ प्रतिशत हो ।यस्तै पर्सा जिल्लामा १ दशमलव ७१ जना, रौतहटमा १ दशमलव ७५ जना, सर्लाहीमा १ दशमलव १३, धनुषामा १ दशमलव ५५ जना, सिराहामा १ दशमलव ४१ जना, महोत्तरीमा १ दशमलव २० जना छन् ।

सबैभन्दा कम सप्तरी जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा १ जनाभन्दा कम अर्थात ० दशमलव ७५ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएको छ ।देशभरका सात प्रदेशमध्ये मधेस प्रदेश पहिलो नम्बरमा रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेश दोस्रो र तेस्रो स्थानमा रहेका तथ्याङकले देखाएको छ ।

आर्थिक वर्ष ०७९/०८० को तथ्यांक अनुसार देशभर कुष्ठरोगीको सङ्ख्या दुई हजार ५ सय २२ जना रहेको थियो ।


सम्बन्धित समाचार