Logo

१ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नंम्बर २७ रामगढवामा सोमबार राती भएको घटनाबारे सदनमा समेत आवाज उठेको छ । दाइँजोमा सुनको सिक्री नपाएको निँहुमा बेहुलाले मण्डपबाटै विवाह रद्द गरेको घटनाबारे सदनमा आवाज उठेको हो ।

बिहिबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद शान्ती चौधरीले यसबारे सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले मधेश प्रदेशमा दाइजो प्रथाले जरो गाडेको बताउँदैँ यस्तो प्रथालाई उखेलेर फाल्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘पर्साको वीरगञ्ज महानगरपालिकामा सोमबार राती घटेको घटनाले नेपाली समाज स्तब्ध भएको छ, दाइजो लिनेदिने जोकोहीलाई पनि सरकारले कारवाही गर्नुपर्छ ।’
उनले दाइजो लेनदेन गर्नेलाई कानुनी दायरमा ल्याइ कडा कारवाही गर्नुपर्ने माग समेत गरिन् ।

 


सम्बन्धित समाचार