Logo

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको हो ।

बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने छ ।

बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, एमाले–रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा सुन तस्करीमा पार्टीका जिम्मेवार नेताहरुको संलग्नता रहेको बिषयलाई समेत छलफल हुन सक्ने एक स्थायी समिति सदस्यले बताए । पार्टीको बहालवाला पदाधिकारी गम्भिर आरोपमा जोडिएको बिषय मिडियामा आएपछि यसमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने ती सदस्यको धारणा छ ।


सम्बन्धित समाचार