Logo

२ चैत,काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफरिस गरिएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

उच्चस्तरीय छानबिन आयोगले हिजो मात्र गृहमन्त्रीलाई यो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफरिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

महरा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हुन् । आजै मात्र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमला दाहालले गृहमन्त्री रवि लामिछानेलाई भेटेर प्रतिवेदनले सिफरिस गरेका कारवाहीलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले महरासहित राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीलाई समेत मुद्दा चलाउन सिफरिस गरेको छ । आयोगले सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारवाही गर्न पनि सिफरिस गरेको छ ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल सुन तस्करीकै आरोपमा पहिलेदेखि नै पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए

 


सम्बन्धित समाचार