Logo

२ चैत,रौतहट । मधेश प्रदेशको रौतहटस्थित एक बैंकमा लुटपाट भएको छ । जिल्लाको परोहा नगरपालिका वडा नम्बर ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा शुक्रबार दिउँसो लुटपाट भएको हो ।

मोटरसाइकलमा हतियारसहित आएका तीन जना लुटेराहरूको समूहले बैंकका कर्मचारीलाई धम्क्याउँदै झण्डै ५२ लाख रुपैयाँ लुटपाट गरेका लगेका प्रहरीले जनाएको छ । सो क्रममा लुटेराहरुले बैंकका कर्मचारीमाथि गोली प्रहार समेत गरेका छन् ।

कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर लुटेराहरुले गोली प्रहार गरेका जनाइएको छ । साहको कान छेडेर गोली बाहिर निस्केको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको बताइन् ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केहीबेरमै नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ ।


सम्बन्धित समाचार