Logo

३ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा ३३ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ३२ लाख ४६ हजार ६१७ रुपैँया राजस्व सङ्कलन गरेको हो ।

महानगरले चालु आवमा ७० करोड रुपैँया राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको छ । राजश्व महाशाखा प्रमुख मनोज कर्णले लक्ष्य पूरा गर्नेगरी कार्य गरीरहेको जनाए । महानगरपालिकाले सम्पत्तिकरबाट १२ करोड ११ लाख ९७ हजार ९०६, भूमिकर÷मालपोतबाट ६६ लाख ४४ हजार ४८०, घरबहाल करबाट चार करोड तीन लाख ८५ हजार ९५१, बहाल बिटौरीकरबाट १५ लाख १९ हजार ४१६ रुपैँया राजश्व संकलन गरेको उनले बताए ।

यसैगरी सवारीसाधन कर (साना सवारी)बाट २० लाख १८ हजार ३७०, पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर एक करोड चार लाख १२ हजार ४३०, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर १९ लाख ६७ हजार २६२ रुपैँया संकलन भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । यस्तै अन्य मनोरञ्जन करबाट चार लाख २५ हजार ५९९, व्यवसाय रजिस्टे«शन दस्तुरबाट एक करोड ८२ लाख २२ हजार ६३०, अखेटोपहारमा लाग्ने करबाट एक करोड ६४ लाख ६० हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय तीन करोड २५ लाख १७ हजार ५०४, अन्य स्रोतबाट बाँडफाँड नहुने रोयल्टी ८२ लाख ८० हजार, निजी धाराबापत शुल्क ९४ हजार रुपैँया प्राप्त भएको प्रमुख कर्णको भनाइ छ ।

अन्य सेवा शुल्कबाट दुई करोड सात लाख ६२ हजार ४५७, न्यायिक दस्तुर १९ हजार ६००, अन्य प्रशासनिक सेवा शुल्क २० लाख १० हजार ७८९, नक्शापास दुई करोड ३९ लाख २ हजार ९४७, सिफारिश दस्तुर एक करोड ५९ लाख, व्यक्तिगत घटना दस्तुर २१ लाख ८६ हजार, नाता प्रमाणित दस्तुर १५ लाख ७१ हजार, अन्य दस्तुर चार लाख ६९ हजार, प्रशासनिक दण्ड जरिवाना तथा जफत ४४ लाख ५३ हजार, बेरुजू छ लाख १९ हजार गरी उक्त रकम राजस्व सङ्कलन गरेको प्रमुख कर्णको भनाइ छ ।

यो गत वर्षको सोही समयको तुलनामा झण्डै पाँच करोड बढी रुपैँया राजश्व संकलन भएको महानगरपालिकाले बताएको छ ।


सम्बन्धित समाचार