Logo

३ चैत,वीरगञ्ज । पर्सा र बारामा सम्पन्न छुट्टाछुट्टै रक्तदान कार्यक्रमहरुबाट दुईसय ५१ पोका रगत संकलन भएको छ । पर्सा बाराका फरकफरक स्थानहरुमा आयोजित कार्यक्रमबाट उक्त पोका रगत संकलन भएको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ ।

राउण्ड टेबल नेपाल, दुर्गा नगर भिमसेन नेवा पुचः खल र तमु क्लवले आयोजना गरेको कार्यक्रममा २९ जना महिलासहित दुईसय ५१ जनाले रगतदान गरेका हुन् । सस्ंथाको वार्षिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमहरु आयोजना गरिएको आयोजकले जनाएका छन् ।

राउण्ड टेबल नेपालले वीरगञ्ज महानगरपालिका वडा नं. १८ सुखचैनामा सम्पन्न कार्यक्रममा ५ जना महिलासहित ६६ जनाले रगतदान गरेका छन् ।
यस्तै माईस्थान संचालक समिति र राउण्ड टेबलको संयुक्त आयोजनामा माईस्थानमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ८ जना महिलासहित ६२ जनाले रगतदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्ज प्रमुख सौरभराज पाण्डे बताउँछन् ।

यस्तै बाराको सिमरामा दुर्गा नगर भिमसेन नेवा पुचः खलले आयोजना गरेको कार्यक्रममा ७ जना महिनासहित ४६ जनाले रक्तदान गरेका उनले जानकारी दिए ।
यसैगरी तमु क्लले आयोजना गरेको कार्यक्रमबाट ६१ पोका रगत संकलन भएको थियो । बाराको अमलेखगञ्जमा भएको कार्यक्रममा ९ जना महिलासहित ६१ जनाले रगतदान गरेका हुन् ।


सम्बन्धित समाचार