Logo

३ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित एपेक्स इन्टरनेशनल बोर्डिङ स्कुलको १२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वीरगञ्जका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उपमेयर आलमले शिक्षालाई केहि व्यक्तिहरुले व्यवसायको रुपमा सञ्चालन गरीरहेको बताए । उनले शिक्षाजस्तो पवित्र क्षेत्रलाई व्यवसायिकतातर्फ नलैजान आग्रह गरे । उनले एपेक्स विद्यालय बालबालिकाको भविष्य निर्माण गर्न इमानदार रहेको जानकारी दिए ।

कार्यक्रममा बिशिस्ट अतिथि वडा १६ का वडाध्यक्ष प्रशुराम चौरसिया लगायत विभिन्न शैक्षिक संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार