Logo

४ चैत,वीरगञ्ज । यही चैत १५ गतेदेखि देशैभर माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षा सुरु हुँदैछ । आउने ११ दिन पछाडि सुरु हुने एसइई परीक्षामा पर्साबाट यो वर्ष पोहोर साल भन्दा बढी परीक्षार्थीले भाग लिँदैछन् ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका परीक्षा सहायक गोपाल साहका अनुसार यो वर्ष पोहोर साल भन्दा झण्डै ५ सय २८ जना बढी विद्यार्थीले भाग लिइरहेका छन् । उनका अनुसार यो वर्ष हुने एसइई परीक्षामा १० हजार २५३ परीक्षार्थीले भाग लिइरहेका छन् भने पोहोर साल ९ हजार ७ सय २५ परीक्षार्थी भाग लिएको विवरण छ ।

२०८० सालको एसइई परिक्षामा १० हजार २५३ विद्यार्थीले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय एकाई पर्साले जनाएको छ । एकाइका परिक्षा सहायक साहका अनुसार नियमिततर्फ ९ हजार ५२५, प्राविधिकधारतर्फ १८५ र ग्रेडवृद्धितर्फ ५४३ जना परिक्षार्थी छन् ।

परिक्षार्थीहरुमध्ये साधारणतर्फ ७ वटा विषय र प्राविधिकधारतर्फ १० वटा विषयको विद्यार्थीले परीक्षा दिने उनले बताए । परीक्षा दिने परीक्षार्थीहरुका लागि २६ वटा केन्द्र तोकिएको साहको भनाइ छ ।

यसवर्षको एसइई परीक्षा चैत १५ बिहिबारदेखि २७ गते मंगलबारसम्म सञ्चालन रहनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन समय तोकिएको छ ।


सम्बन्धित समाचार