Logo

४ चैत,वीरगञ्ज । स्थानीय तहहरुको कार्य सम्पादन मूल्यांकनतर्फको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अंक अनुसार पर्साको ठोरी गाउँपालिका र बाराको परवानीपुर गाउँपालिकाले सबैभन्दा बढी अंक ल्याएका छन् । स्थानीय तहहरुमध्ये यी दुवै पालिकाहरुले ६० भन्दा बढी अंक प्राप्त गरेका हुन् ।

ठोरी गाउँपालिकाले ६४.१४ अंक र बाराको परवानीपुर गाउँपालिकाले ६६.४७ अंक पाएका हुन् । यस्तै पर्साकै वीरगन्ज महानगरपालिकाले ५७.४९ अकं र बाराको कलैया उपमहानगरपालिकाले ६४.९३ अंक प्रापत गरेको छ । त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका ५३.४४ अंक र बाराको जितपुरसिमरा उपमहानगरपालिकाले ५५ अंक प्राप्त गरी तेश्रो स्थान कायम गरेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिकाले ५०.०५ अंक र बाराको महागढीमाई नगरपालिकाले भने ४८.९१ अंक पाएर चौथो स्थान पाउन सफल भएका छन् । १४ वटा स्थानीय पालिका रहेको पर्सा जिल्लामा पटेर्वासुगौली गाउँपालिका पाँचौं, पर्सागढी नगरपालिका छैठौं, पोखरिया नगरपालिका सातौं, बहुदरमाई नगरपालिका आठौं, विन्दवासिनी गाउँपालिका नवौं, धोविनी गाउँपालिका १० औं स्थानमा पर्न सफल भएका छन् ।

यसैगरी सखुवाप्रसौनी गाउँपालिका एघारौं, पकाहामैनपुर गाउँपालिका बाह्रौं, जिराभवानी गाउँपालिका तेह्रौं र कालिकामाई गाउँपालिका अन्तिम नम्बरमा परेको तथ्यांक छ । यसैगरी १६ वटा स्थानीय तह रहेको बारामा करैयामाई गाउँपालिका पाँचौं, प्रसौनी गाउँपालिका छैठौं, विश्रामपुर गाउँपालिका सातौं, निजगढ नगरपालिका आठौं नम्बरमा परेको छ ।

भने त्यस्तै क्रमशः कोल्हवी नगरपालिका, आर्दश कोतवाल गाउँपालिका, देवताल गाउँपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, १५ बारागढी गाउँपालिका र अन्तिममा भने सिम्रौनगढ नगरपालिका परेका रेकर्ड छ ।


सम्बन्धित समाचार