Logo

५ चैत,वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँबाट प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले ३ केजी २०० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जनाए ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने ४२ वर्षका मुरारी प्रसाद यादव रहेका उनले बताए । शंकास्पद रुपले पैदल भारततर्फ जाँदै गरेका उनलाई जाँच गर्दा शरिरमा प्लाष्टिकको टेपले बेरेर लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि लागुऔषध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार