Logo

५ चैत,जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसङ्गै नेपाली कङ्ग्रेस सरकारबाट हटाइएको छ ।मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवले भौतिक पुर्वाधार बिकास मन्त्रत्रालयको जिम्मेवारी सम्हालेका छन् ।

मन्त्री बन्ने बिषयमा एमाले भित्र बिवाद हुँदा सरोजकुमार यादवले मात्रै सपथसङ्गै भौतिक पुर्वाधार बिकास मन्त्रीको रुपमा पदभार ग्रहण गरे ।उनले प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रमा पाँच किलो मिटरसम्म कालोपत्रे सडक निर्माण गर्ने योजना रहेको नवनियुक्त भौतिक पुर्वाधार बिकासमन्त्री यादवले बताए ।

यस अघि पनि उनी भौतिक पुर्वाधार बिकासमन्त्री थिए ।उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले सपथ ग्रहण गराएकि थिइन् ।यता एमालेको इन्ट्रीसङ्गै काङ्ग्रेसबाट मन्त्री रहेका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णकुमार यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरेन्द्र सिंह र गृह तथा सञ्चारमन्त्री मोहम्मद सलिमलाई भने बर्खास्त गरिएको छ ।

एमालेले चार मन्त्रालय र एक राज्य मन्त्री गरि पाँच मन्त्री पाउने नवनियुक्त मन्त्री यादवले जानकारी दिए ।


सम्बन्धित समाचार