Logo

६ चैत,वीरगञ्ज । पर्साबाट प्रहरीले दुईग्राम लागुऔषध खैरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–१६ रजतजयन्ती चोक र वीरगञ्ज– १५ चालीस फिट्टेस्थितबाट गरी दु्ई ग्राम खैरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले चितवन भरतपुर महानगरपालिका– १७ शारदानगर बस्ने २४ वर्षका अमित गुरुङ र सोही ठाउँकी २४ वर्षीया सुनिता विकलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेको सवारी तथा पैदल यात्रीलाई जाँच गरेको थियो । सोही क्रममा शंकास्पद रुपले हिँडीरहेका दुईजनाको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने सेतो पदार्थ बरामद भएको उनले बताए ।
प्रहरीका अनुसार सुनिताले ‘ब्रा’ भित्र लुकाईछिपाई राखिएको अवस्थामा खैरो हिरोइन १ ग्राम फेला पारेको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चैत ५ गते साँझ बा ९५ प २३०३ नम्बरको स्कुटरसहित दुईजनालाई पक्राउ लागुऔषध सहित नियन्त्रणमा लिएको डिएसपी थापाले पुष्टी गरे ।
प्रहरीले चलाएको जाँच अभियानका क्रममा शंकास्पद तरिकाले गइरहेका चालक रौतहट चन्द्रनगर नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षका सेजल श्रेष्ठ र पछाडी सवार पर्साको जीराभवानी गाउँपालिका–२ का १९ वर्षीय बिजय साह रहेका प्रहरीले जनायो ।

सेजलले लगाएको पाइन्टमा लुकाईछिपाई राखिएको लागुऔषध खैरो हिरोइन १ ग्राम फेला प्रहरीको भनाइ छ ।
पक्राउ परेका स्कुटरसहित चारैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार