Logo

७ चैत,ठोरी । पर्साको ठोरी–१ को भगवाननगरमा रहेको असहाय तथा वृद्धवृद्धा कल्याण समाजलाई शाखा अधिकृतहरुको एक समुहले आर्थिक सहयोग गरेको छ । बुधबार शाखा अधिकृतको ३६ औं ब्याचका अधिकृतहरुको समुहले समाजलाई १ लाख ३० हजार १ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सो सहयोग रकम शाखा अधिकृतहरु मनिसा कुमारी, राजन पाण्डे, पुरुषोत्तम बराल, जगदिश सहनी, तेज प्रकाश भण्डारी लगायतले समाजका संरक्षक आश बहादुर गुरुङ्लाई हस्तान्तरण गरेका थिए । सो अवसरमा ठोरी–१ का वडाध्यक्ष धनमान थापा, ठोरी–३ का शिक्षक सुर्य बहादुर खड्का, युवा मिलन खड्का लगायतको उपस्थिति थियो ।

सुगम ठाउँमा रहेका असहाय आश्रममा सबै दाताको ध्यान पुग्ने गरेको तर दुर्गम ठाउँका यस्ता आश्रममा कसैको पनि ध्यान नपुग्ने हुनाले आफुहरुले सबैको ध्यानाकर्षण गर्नका लागि सहयोग गरेको अधिकृतहरुको भनाई उद्धृत गर्दै शिक्षक खड्काले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार