Logo

७ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले क्यासिनोबाट चार जना नेपालीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा होटलको क्यासिनोबाट चार जना नेपालीलाई पक्राउ गरेको हो ।

नेपाली व्यक्तिहरूलाई अनाधिकृतमा प्रवेश गराएर जुवा खेलाएको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए । होटलको क्यासिनोमा प्रवेश गर्न लाग्दा प्रहरी टोलीसँग वादविवाद तथा प्रहरी कारवाहीमा अवरोध गरेकाले पक्राउ गरेको प्रवक्ता थापाले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा सिएमजी क्लवका सेक्युरिटी गार्ड, सोही क्लवका मार्केटिङ म्यानेजर, फ्लास मनिटरसमेत रहेका छन् ।

प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१५ बस्ने ३२ वर्षका प्रताप लामा, सर्लाहीको बरहथवा–११ का ३४ वर्षका उमेश कार्की, वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३४ वर्षका पप्पु सिंह र सोही वडाका ४० वर्षीय सुरज कुमार कलवारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीलाई होटलको पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार