Logo

७ चैत,वीरगञ्ज । पर्सा प्रहरीले झण्डै २ करोड मूल्यका भन्सार छलीका सामान लोड रहेका तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले फरकफरक स्थानहरुबाट १ करोड ६३ लाख ३९ हजार ८२९ मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रकहरू नियन्त्रणमा लिएको हो ।

प्रहरीले चलाएको जाँच अभियानका क्रमबाट बिल बिजक शंकास्पद देखिएकोले सामानसहित तीन वटा ट्रकहरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए । प्रहरीले वीरगञ्ज–१२ मुर्लीबाट ना.४ ख ८७४०, ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रकहरू र वीरगञ्ज–१४ गण्डक चोकबाट ना.८ ख ७२४१ नम्बरको ट्रक गरी तीनवटा ट्रकहरु पक्राउ गरेको उनले बताए ।

ट्रकहरुबाट खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू बरामद भएको प्रहरीले जनाएको छ ।
सामानसहित तीनै वटा ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार