Logo

७ चैत,वीरगञ्ज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मूर्लीले आज स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

केन्द्रले पर्सामा भर्खरै सरूवा भएर आएका पर्साका एसपी कुमोध ढुंगेलको स्वागत तथा सामुदायिक सेवा केन्द्रलाई सहयोग गर्ने व्यक्तिहरूलाई आज स्वागत तथा सम्मान गरेको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले समाजमा अपराध नियन्त्रण र शान्ति सुव्यवस्था गर्न सामुदायिक सेवा केन्द्रको भूमिका महत्त्वपूर्ण रहने बताए ।

कार्यक्रममा नवआगन्तुक एसपी ढुंगेललाई सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूले खादाले सम्मान गरेका थिए । साथै विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गरिएको छ । सामुदायिक सेवा केन्द्रले गरेका कामहरूको बारेमा कलम चलाएका पत्रकारहरूलाई पनि सम्मान गरेको थियो ।

पत्रकारहरू नीरज पिठाकोटे, जगत राई, अजित भूजेल, मूनेश लायो मगर, संतोषान रञ्जितकार लगायतलाई सम्मान गरिएको थियो । जगत राइले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका बरिष्ठ सल्लाहकार ज्योतिष सम्राट पूरूषोत्तम दुवेले गर्नुभएको संस्थाका सचिव कूलनारायण प्रधानले जानकारी दिए ।


सम्बन्धित समाचार