Logo

८ चैत,काठमाडौं । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १४१ जना डीएसपीको सरुवा गरेको जनाएको छ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

मिति २०८० साल चैत महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा जनाइएको छ।
प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरस्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन गरेको छ।

सरुवा हुनेको सूची


सम्बन्धित समाचार