Logo

८ चैत,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अखाद्य वस्तु बेचबिखन गरिरहेको एक उद्योगमा छापामारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्सा तथा नाप तौल विभागको संयुक्त टोलीले वीरगञ्ज महानगरको ६ नम्बर गेटमा रहेको उद्योगमा छापामारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ सानुबाबु अधिकारीको नेतृत्वमा गएको टोलीले पुजा सामग्री प्रोड्क्ट उद्योगमा छापामारी गरेको हो ।उक्त उद्योगमा धेरै मात्रामा अखाद्य वस्तु फेला परेपछि उद्योगमा शीलबन्दी गरिएको पर्साको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए ।

उनका अनुसार अखाद्य वस्तु मिसाएर घ्यू बनाइ विक्री वितरण गरिरहेको सूचनाको अधारमा छापामारी गरिएको हो ।शीलबन्दी गरिएको उद्योगबाट पाउडर दुध र अखाद्य घ्यू फेला परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनायो ।

संयुक्त टोलीले घ्यू बनाउनको लागि प्रयोग हुने पाउडर, ढक र डिजिटल काटा २ सेटसमेत नियन्त्रणमा लिएको जनाएको छ । योसंगै उद्योगबाट एक जनालाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
तर प्रशासनले पक्राउ परेका व्यक्तिको नाममा भने खुलाउन चाहेका् छैन् ।


सम्बन्धित समाचार