Logo

८ चैत,वीरगञ्ज । धनुषामा मोबाइलमा भएको भिडिओको विषयमा विवाद ठूलो बुवाका छोराहरुले आफ्नै भाइको हत्या गरेको घटना बाहिरिएको छ ।गएराती धनुषा जनकनन्दनीमा ठूलो बुवाका छोराहरु आफ्नै काकाका छोरालाई हत्या गरेको घटना बाहिरिएको प्रहरीले जनाएको छ ।

मोबाइलमा भएको केटीको भिडिओको विषयमा विवाद हुँदा ठूलो बुवाका छोराहरुले काकाका छोरालाई चक्कु प्रहार गरी हत्या भएको धनुषा प्रहरीको भनाइ छ ।धनुषा प्रहरी प्रमुख मित्रबन्धु शर्माका अनुसार अहिलेसम्मको प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीनैजना संगै बसेर जाड खाँदा केटी साथीको गोप्य भिडिओको विषयमा विवाद भएपछि ठूलो बुवाका छोराहरुले नातामा आफ्नै भाइ पर्ने कैफ नदाफको घाँटीमा चक्कु प्रहार गरेर हत्या गरेको पाइएको छ ।

हत्यामा संलग्न दुबैजना भाइलाई प्रहरीले राती नै पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेहरुमा धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का २१ वर्षी सहमत नदाफ र २२ वर्षीय जाफिम नदाफ रहेको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाई प्रहरी हिरासतमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरी बताउँछ ।

कसरी भयो हत्या ?
मृतक कैफ र पक्राउ परेका दाजुभाइ आफ्नै नाताभित्रका दाजुभाइ हुन । गएराती ठूलो बुवाका छोरा सहमतले काकाका छोरा कैफलाई फोन गरेर बियर खान बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार त्यसपछि नजिकैको आँप बगैचामा बियर खान बोलाएर तीनै जना जाँड खान थाले । प्रहरी भन्छ,‘त्यसको केही बेरपछि तीनै जनामा विवाद सुरु हुन थाल्यो, वियरको पैसा दिने सम्बन्धमा भएको विवाद पछि केटीको भिडिओमा डिस्कस हुन थाल्यो । त्यही डिस्कसका कारण सहमतले कैफको घाँटीमा चक्कु प्रहार गरे, जसबाट ऊ गम्भीर घाइते बन्यो ।’

प्रहरीका अनुसार गम्भी घाइते भएपछि मृतक कैफ दौड्दै घरमा गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसलगत्तै कैफलाई लिएर परिवारजनले उपचार गराउन भारत पुगेको प्रहरी बताउँछ । धनुषा प्रहरी प्रमुख शर्माका अनुसार उपचारकै क्रममा कैफको मृत्यु भएको बताउँछन् । घटनास्थलबाट मृतकमाथि प्रहार गरेको चक्कुसमेत बरामद धनुषा प्रहरीले जनाएको छ ।

के छ मोबाइलको भिडिओमा ?

धनुषा प्रहरीका अनुसार कैफको मोबाइलमा केटीको गोप्य भिडिओ छ । प्रहरी भन्छ,‘त्यही भिडिओबारे मृतक कैफले ‘ब्ल्याकमेलिङ’ गरेको प्रहरी गरिरहेका थिए, तर उनीहरु ह्टाउन दबाब दिइरहेका थिए । नमानेपछि तीनै जनामा विवाद सुरु भयो, त्यसपछि ठूलो बुवाका छोराहरु चक्कु प्रहार गरे ।’ प्रहरीका अनुसार यी दाजुभाइमा यस्तै विवाद एक महिना अगाडि पनि भएको देखिएको छ । गोप्य भिडिओको बारेमा विवाद भएपछि नै हत्याका घटना भएको अहिलेसम्म प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको धनुषा प्रहरी प्रमुख शर्मा बताउँछन् ।

तर मोबाइलमा भएको त्यो गोप्य भिडिओबारे प्रहरीले भने विस्तृत जानकारी भने खुलाउन नचाहेको जानकारी दिएको छ ।


सम्बन्धित समाचार