Logo

८ चैत,वीरगञ्ज । बीरगञ्जको विकासबारे वकालत गर्न पर्सा जिल्लामा सर्वदलीय बैठक बसेको छ । बीरगन्जको मकालु होटलमा सम्पन्न सर्वदलीय बैठकले २ बुंदे निर्णय गरेको हो ।
सर्वदलीय बैठकले नारायणी अस्पताल र नारायणी रंगशालाको विकासबारे देखिएको कानुनी रुकावटलाई चिर्दै अघि बढ्ने निर्णय गरेको छ ।

नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एस लगायत राजनीतिक दल प्रमुखहरुबिच सम्पन्न बैठकले नारायणी अस्पताल र नारायणी रंगशालाको मुद्दा टुङग्याउन सरकारलाई दवाव दिने निर्णय गरेको जसपा पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवले जनाए ।

उनले नारायणी अस्पतालको नयाँ ५०० शय्याको भवन निर्माणमा रहेको कानुनी बाधा हटाउन राजधानीसम्मै पुगेर सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण गराउने सहमति भएको बताए ।
यस्तै नारायणी रंगशालाका लागि डिपीआर अनुसार बजेट बिनियोजनका लागि सम्बन्धित मन्त्रालय तथा सरोकारवालासमक्ष पहल गर्ने निर्णय सर्वलदिय बैठकले गरेको अध्यक्ष यादवले जानकारी दिए ।

नारायणी अस्पतालको स्तरोन्नतिको मुद्दा केहि वर्षदेखि सर्वोच्च अदालतमा विचाराधिन छ । सोही विचाराधिन मुद्दा यथाशिघ्र टुङग्याउन प्रधानमन्त्री तथा मन्त्रीलाई दबाब दिने वीरगञ्जमा सम्पन्न सर्वदलिय बैठकको निर्णय छ ।
यसैगरी दशरथ रंगशालापछि देशकै ठूलो रंगशाला रहेको नारायणी क्रिकेट रंगशालाको जिर्णेदार हटाई यसलाई मर्मत सम्भार गर्न केन्द्रसम्मकै राजनैनिक दलहरुलाई घचघच्याउन दलका प्रमुखहरु एकमत देखिएको अध्यक्ष यादवले जानकारी दिए ।

नारायणी अस्पतालको स्तरोन्नती तथा नारायणी क्रिकेट रंगशालाको मर्मत सम्भारका लागि पर्साका सांसदहरुले संसदमार्फत आवाजसमेत उठाउँदै सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।


सम्बन्धित समाचार