Logo

८ चैत,वीरगञ्ज । झण्डै ६८ लाख मूल्यका भन्सार छलीका सामानसहित ५ वटा ट्रकहरु पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ६७ लाख ६१ हजार ५९४ मूल्य बराबरका भन्सार छलीका सामानहरु लोड रहेका ५ वटा ट्रकहरु फरकफरक स्थानहरुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा ट्रकहरू बरामद खाद्यान्न, खुद्रा सामान, प्याज, लत्ताकपडा, हार्डवेयर मोटर पार्टस तथा चक्लेटहरूको बिल शंका लागेकोले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट ना ३ ख ७६५६ र प्र.३–०३–००१ ख ००९८ नम्बरको मालवाहक ट्रकहरूबाट २९,४८,४१३ रुपैँयाको सामान बरामद गरेको उनले बताए ।

यसैगरी उनका अनुसार वीरगञ्ज–२५ चण्डालचोक सडकखण्डबाट १५ लाख ८४ हजार २१ रुपैँयाका कुत्ता सुरुवाल लोड गरी काठमाण्डौँतर्फ जाँदै गरेको बिआर ०५ जि ९९९२ नम्बरको पिकअप पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट ४ लाख रुपैँयाका हार्डवेयर मोटर पार्टस बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका डिएसपी थापाका अनुसार वीरगञ्ज–९ रेल्वेरोडबाट ५२ लाख मूल्य बराबरका १० कार्टुन चकलेटहरु पक्राउ गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यस्तै प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले ना ३ ख ३७४ र ना ३ ख ४८७७ नम्बरको ट्रकहरुबाट खाद्यान्न तथा खुद्रा सामानहरू १७ लाख ७७ हजार १६० मूल्य बराबरका फेला पारेकोले वीरगञ्ज १४ गण्डकबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

बरामद सामानसहित ५ वटै ट्रकहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार