Logo

८ चैत,वीरगञ्ज । पर्साबाट प्रहरीले पाँच हजार भारतीय कुखुराको चल्ला बरामद गरी नष्ट पारेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले भारतीय कुखराको चल्ला बरामद गरी नष्ट पारेको हो ।

विन्दवासिनी गाउँपालिका वडा नं.४ अमरपट्टी स्थित सडकखण्डबाट भारतीय कुखुरा बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए । प्रहरीका अनुसार भारतीय कुखुराको चल्ला ५० कार्टुनमा जम्मा ५ हजार गोटा बरामद भएको हो ।

बरामद चल्ला पशु क्वारेन्टाइन सिर्सिया र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले खाली जग्गामा नष्ट पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार