Logo

फाइल तस्बिर

९ चैत,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकाबाट वनकर्मी टोलीले तीन थान सालको गोलिया बरामद गरेको छ । टोलीले नगरपालिकाको वडा नम्बर ३ औरैया गाउँ नजिकबाट तीन थान सालको गोलिया बरामद गरेको हो ।

छतवनटाडि रेन्ज पोस्टको जङ्गल एरियाबाट सालको गोलियासहित तीन वटा साइकल नियन्त्रणमा लिएको सब डिविजन वन कार्यालय बडनिहारका जमदार जितबहादुर तामाङ्गले जनाए ।सालको रुख कटान गरी गोलिया बनाएर तीन वटा साईकलमा तीन थान काचो सालको गोलिया लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।

काठ तस्कर भने टोलीलाई देख्नासाथ फरार भएका छन् । बरामद काठसहित साइकल आवश्यक कारवाहीका लागि सव डिविजन वन कार्यालय बडनिहारमा राखिएको छ । होली पर्व नजिकिएसँगै पर्साको राष्ट्रिय वनबाट सालको रुखको तस्करीमा वृद्धि भएको वन कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार