Logo

फाइल तस्बिर

९ चैत,पर्सागढि । पर्साको राष्ट्रिय वनबाट सालको रुखको चोरी तस्करीमा वृद्धि भएको छ ।
पछिल्लो समय वनमा प्रवेश गरी काठ तस्करहरुले सालको रुख कटान गरी गोलिया बनाएर तस्करी गर्ने गर्दछन् । यसरी तस्करीको काठ नजिकैको फर्निचरहरुमा पु¥याइने स्थानीयले बताएका छन् ।
पर्साको उत्तरी भेगमा हाल दुईवटा वन संरक्षण गर्नकैलाई साझेदारी उपभोक्ता समिती र आधा दर्जन वन कार्यालय छन् । तर यसरी निरन्तर वन विनाष तिव्र गतिले हुँदा समेत सम्वन्धित निकाय भने मुकदर्शक देखिएको स्थानीय अगुवाहरुले बताएका छन् ।

राष्ट्रिय वन जोगाउनका निम्ति सवैया साझेदारि वन उपभोक्ता समिती, विन्दवासिनी कोईलाभार साझेदारि वन उपभोक्ता समिती र बन कार्यालय समेत हुँदा पनि वन विनाश रोकिनुको साटो झन् बढेको स्थानियहरु बताएका छन् ।
महिला र पुरुषले समुह नै बनाएर वन प्रवेश गरि सोलखपुर, मिलनचौक, सबैया, पटेलचौक, पकडिया, बडनिहार, कटहरिया, औरैया, छतवनटाडि, गुलेरिया, मनवा, सखुनिया, कोईलाभार लगायतका नाकाहरुबाट तस्करी गरिरहेका छन् । सालको गोलिया रातको समयमा साईकल तथा मोटरसाईकलबाट ढुवानि गर्ने गरेको र महिलाहरुले सालको कचडा साईकल तथा बोरामा छोपि टाउकोमा बोकि ग्रामीण भेगमा रहेका अबैध फर्निचर तथा सःमिलहरुमा पु¥याउने गरेका छन् ।
उनीहरु सालको गोलिया आठ हजार देखि १२ हजारमा र सालको कचडा तीन हजार देखि पाँच हजार सम्ममा बेच्ने गरेका छन् । पर्साको ग्रामीण भेगमा दर्जनौं सःमिल तथा फर्निचर उद्योग अबैध रुपमा संचालित छन् । डिभिजन वन कार्यालय पर्साको मातहत रहेको सव–डिभिजन वन कार्यालयहरु बन क्षेत्र भित्र रहेता पनि बनको चोरी तस्करी नियन्त्रण गर्न खासै चासो दिएका छैनन् । बन गस्ती टोलिले छिटपुट रुपमा काठ बरामद गरेता पनि वन विनाश भने रोकिएको छैन् ।
बिन्दबासिनी कोईलाभार साझेदारी बन उपभोक्ता समिती बडनिहारका अध्यक्ष रिजवानुल अन्सारीले साझेदारीले वन हेरचाहका लागि दुई वटा टोली बनाएर वन संरक्षणमा लागेको बताए । उनले आफू निर्वाचित भएर कार्यभार सम्हालेदेखि काठ तस्करीमा कमि आएको दाबी गरे ।

सव डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत उज्वल यादवका अनुसार विन्दवासिनी कोईलाभार साझेदारि चार हजार छ सय क्षेत्रफलमा फैलिएको र चोर नाकाहरु धेरै भएको कारण जनशक्ति कम भएको कारण वन संरक्षणमा समस्या आएता पनि साझेदारि र वन कर्मचारीबाट गस्ती बढाईएको जानकारी दिए ।


सम्बन्धित समाचार